ललितपुरको झम्सीखेलमा गोली चल्यो, कटुवा पेस्तोलसहित अविनाश राई पक्राउ

२६ मंसिर २०८०, मंगलवार १३:४९

काठमाडौं । ललितपुरको झम्सीखेलमा गोली चलेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन ललितपुर महानगरपालिका–३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार उदयपुरका ४५ वर्षीय अविनाश राई छन् । राईको दाहिने खुट्टामा गोली लागेको छ ।

उपचारको लागि उनलाई ट्रमा सेन्टर लगिएको छ । उनीबाट प्रहरीले कटुवा पेस्तोल, दुइटा गोली र लागुऔषध (एम्फेटामाइन) पनि बरामद गरेको एसपी रेग्मीले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*