हकप्रद शेयर निष्काशनमा ढिलाई भएको भन्दै एलआईसी नेपाललाई दुई नियामकले सोध्यो स्पष्टीकरण, इन्साइडर ट्रेडिङको बिषयमा छानविन सुरु

२६ मंसिर २०८०, मंगलवार १२:४१

काठमाडौं । एलआईसी नेपालको हकप्रद सेयर निष्काशनमा ढिलाई भएसँगै नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङको आंशका गर्दै सम्पूर्ण प्रकृयागत रुपमा अध्ययन सुरु गर्ने भएको बोर्डको स्रोतले जनाएको छ।

नेपाल बीमा प्राधिकरणले हकप्रद दिनैपर्ने बाध्यता भएको कारण ८८.४५१६८ प्रतिशत हकप्रद शेयरको अनुमति दिएको थियो । नेपाल बीमा प्राधिकरणले नेपालको मात्रै स्वामित्वमा नरहेको कम्पनीले चुक्ता पुँजिवृद्धिको लागि ८८.४५१६८ प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको थियो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत, बिशाल गुप्रको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

चुक्ता पुँजिवृद्धिको लागि हकप्रद शेयरको नाममा बजारमा चलखेल गरेको भन्दै धितोपत्र बोर्डमा निवेदन समेत परेको बोर्डले जनाएको छ। ६ महिनासम्म हकप्रद शेयर निष्काशनको तयारीमा रहेको भन्दै सूचना दिएर दोस्रो बजारमा चलखेल भएको बिषयमा बोर्डले अध्ययन सुरु गर्ने भएको छ।

एलआईसी नेपालले २०८० असार १५ गते नेपाल बीमा प्राधिकरणबाट आफ्नो चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति पाएको थियो ।

कम्पनीले असोज २९ गते मात्रै कम्पनीले हकप्रद सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो ।
६ महिनाबितिसक्दा पनि कम्पनीको हपप्रद शेयर निष्काशन नभएको हुँदा शंकको घेरामा राखेर इन्साइडर ट्रेडिङको छानविन सुरु गर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले हकप्रद सेयर निष्काशनको प्रकृयामा समय लम्ब्याएपछि एलआईसी नेपालमा पत्र काटेर सपष्टिकरण नै लिईसकेको छ।

बीमा प्राधिकरणले सोधेको प्रश्नमा कम्पनीले धितोपत्र बोर्डको प्रकृयाको कारण नै समय लम्बिएको जवाफ दिएको थियो । एलआईसी नेपालले कुनै पनि निर्णय लिनु अघि एलआईसी भारतसँग राय सुझाव लिनुपर्ने हुन्छ। सो कारण पनि समस्या देखिएको कम्पनी बताँउछन् ।

बोर्डले पनि ६ महिनादेखि हकप्रदको आश देखाएर दोस्रो बजारमा शेयर चलखेल भएको भन्दै पत्र काटेको छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ८८।४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*