सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
२६ मंसिर २०८०, मंगलवार ११:२८
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट नगद तथा बोनश लाभांश वितरण नगर्ने निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् ।
संस्थाको मंसिर २५ गते अर्थात आइतबार बसेको सञ्चालक समितिको निर्णयले लाभांश प्रस्ताव नगरेको हो । कम्पनीेले गत आर्थिक वर्षको (वासलात, नाफा नोक्सान विवरण) स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनको लागि प्रकाशित गर्न राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको जनाएको छ ।