छिमेक लघुवित्तले गर्यो १५% लाभांश घोषणा

२६ मंसिर २०८०, मंगलवार १०:२२

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंसिर २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*