वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकमा बढुवाका लागि १५ जना को–को परे सिफारिसमा ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १५ जनलाई वरिष्ठ प्रबन्धकमा बढुवाका लागि सिफारिस गरेको छ । बैंकको पदपूर्ति समितिको निर्णय अनुसार कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्य क्षेत्रबापत प्राप्ताङ्कका आधारमा एक तह मुनिको पदमा कार्यरत उम्मेदवारहरुलाई वरिष्ठ प्रबन्धकमा बढुवाका लागि सिफारिस गरिएको हो ।
प्रशासन सेवा तथा समूहतर्फ पवनकुमार सापकोटा, बालकुमार थापा, केशवराज खनाल, फौदबहादुर सुनुवार, बरुणकुमार कर्ण, सरोज कोइराला, गणेश खत्री, बेदप्रसाद आचार्य, विष्णुप्रसाद कण्डेल र कपिल कुमार कार्की वरिष्ठ प्रबन्धकमा बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै, कानून समूहबाट सानुभाइ खड्का, लेखा समूहबाट संध्या सिंह, सूचना प्रविधि समूहबाट बुद्धिप्रसाद अधिकारी, हेमन्तबहादुर जिसी र रमेश सुवाल वरिष्ठ प्रबन्धकमा बढुवाका लागि सिफारिस भएका छन् ।