महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ उपप्राध्यापकका लागि जागिर खुल्यो

२६ मंसिर २०८०, मंगलवार ०९:३८

काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसले १ वर्षको करार अवधिका लागि विभिन्न विषयका २८ जना उपप्राध्यापकको जागिर खोलेको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज चिकित्सा क्याम्पसले सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र आवेदन दिन भनी मंगलबार सूचना प्रकाशित गरेको छ ।

नाक, कान तथा घाँटीसहित युरो सर्जरीसम्मका लागि उपप्राध्यापकको विज्ञापन गरेको क्याम्पसले १ वर्षको करारका लागि जागिर खोलेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*