शेयर बजार दोहोरो अंकले घट्दा १५७ कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
२५ मंसिर २०८०, सोमबार १५:१८
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दोहोरो अंकले शेयर बजार बढेको छ । कारोबारको अघिल्लो दिन ६ प्रतिशतले बृद्धि भएको शेयर बजार १५ दशमलव ४० अंकले घटेर १९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै १५७ कम्पनीहरुको शेयरमूल्यमा आज सर्वाधिक गिरावट आएको छ । सोमबार समता घरेलु लघुवित्तको शेयरमूल्य ७ दशमलव १५ प्रतिशतले सर्वाधिक गिरावट आएको हो । त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको ५.८७, स्वाभिमान लघुवित्तको ५.४७, एशियन हाइड्रोपावरको ५.३८ प्रतिशत र अप्पर स्याङ्गे हाइड्रोपावरको ५.२६ सहित अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।