लकइन अवधि खुल्नेबारे सर्वसाधारणलाई पूर्वजानकारी दिन धितोपत्र बोर्डको निर्देशन (सूचनासहित)
२५ मंसिर २०८०, सोमबार १४:०५
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लकइन अवधि खुल्नेबार सर्वसाधारणलाई पूर्वजानकारी दिन निर्देशन दिएको छ ।
बोर्डले आज एक सूचना प्रकाशित गर्दै सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको विक्री गर्ने नपाईने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० (तीस) दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको हो ।
साथै, बोर्डले सूचीकृत संगठित संस्थाबाट लक इन अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात् नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सवैले सहजै देख्न सक्नेगरी वेवसाईटमा राख्न समेत निर्देशन दिएको छ ।