राष्ट्रिय बीमा नीति २०८० जारी, बीमामार्फत गरिबी निवारण गर्ने सरकारको लक्ष्य

रिना खत्री
२४ मंसिर २०८०, आईतवार १८:५१

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा नीति २०८० पारित गरी लागू गरेको हो ।

नेपाल बीमा प्राधिकरणका प्रबक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले राष्ट्रिय बीमा नीति २०८० मन्त्रिपरिषदबाट पारित भएको जानकारी आएको बताए । बीमा नीति जारी भएसँगै बीमा क्षेत्रमा काम गर्न सजिलो हुनेछ भने लक्ष्य पहिल्याएर अघि बढ्न बाटो खुल्ने छ ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल आएदेखि नै बीमा नीति जारी गराउन पहल गर्दै आएका थिए । बीमा नीति मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै अब बीमाबारे सरकारको ठोस धारणा तयार भएको छ ।

राष्ट्रिय बीमा नीति २०८० मा बीमा सेवामार्फत गरिबी न्यूनिकरण गर्ने र बीमाको पहुँच बृद्धि गरी आम सर्वसाधारणको जोखिम रक्षावरण बीमाको माध्यमबाट गर्ने उल्लेख छ । नेपामला अहिले पनि दुई खालको बीमा सेवा सञ्चालित छ । एउटा कोर बीमा र अर्को सामाजिक सेवा अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम ।

राष्ट्रिय बीमा नीतिमा बीमालाई गाउँगाउँमा पुर्याएर अधिकतम् जनताको सम्पत्ती रक्षावरण गर्ने उल्लेख छ । राष्ट्रिय बीमा नीति जारी भइसकेपछि सोही नीतिमा निर्धारण गरिएको लक्ष्य प्राप्तिको लागि बीमा प्राधिकरण र अर्थमन्त्रालयले मिलेर काम गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*