सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
२४ मंसिर २०८०, आईतवार १६:४३
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौँमा आज सम्पन्न भएको हो ।
सभाले बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गरेको थियो ।