उपकार लघुवित्तले लाभांश नदिने, लगानीकर्ता निराश

२४ मंसिर २०८०, आईतवार १५:५१

काठमाडौं । उपकार लघुवित्तले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको मङ्सिर २१ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९र८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने, आ।व। २०७९र८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*