नेप्सेमा ऐतिहासिक उछाल आउदा २२७ कम्पनीको शेयरमूल्य बृद्धि, १२ वटामा सकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर आजको लागि कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजलाई कारोबार बन्द भएको हो ।
साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा तेस्रो पटक सर्किट लागेसँगै २२७ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रोपावर, शुभम पावर, कालिञ्चोक दर्शन लिमिटेड, त्रिशुली जलविद्युतसहित १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यसका साथै, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २, एनआइबिएल ग्रोथ फण्ड, एनआइबिएल प्रगति फण्ड, उपकार लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्यमा गिरावट आएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ ।