एलआइसी नेपालको डिसीईओमा श्री ए दत्ता नियुक्त

२४ मंसिर २०८०, आईतवार १२:१५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) पदमा श्री ए दत्ता नियुक्त भएका छन् । कम्पनीले उनलाई यहि महिनाको मंसिर १९ गतेदेखि लागु हुनेगरी डिसीओमा नियुक्त गरेको हो ।

कम्पनीका निबर्तमान नायब प्रमुख कार्यकारी अधिकृत टी वर्णवालको कार्यकाल पुरा भई भारतको मुम्बई सरुवा भएपछि सो स्थानमा दत्तालाई एलआइसी अफ इण्डियाले चयन गरी पठाएको हो ।

नवनियुक्त डिसीओ दत्ता एलआईसी अफ इण्डियाको कोलकाता स्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एण्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर पदमा कार्यरत थिए । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृतको श्री दत्ताले गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता प्राप्त गरेको कम्पनीले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*