हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, ८४ वटा कम्पनीको शेयरमूल्य बढ्यो
२४ मंसिर २०८०, आईतवार ११:३९
काठमाडौं । साता कारोबारको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ । आज ११ बजेर २७ मिनेट जाँदा हाइड्रोपावर उपसूचक ७.१३ प्रतिशतले बढेको हो।
बजार खुलेको ५ मिनेटमै ७४.२० अंकले बढेपछि २० मिनेटका लागि नेप्से स्थगित गरिएको थियो । २० मिनेट बन्द भएर खुलेको बजारमा ८४ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको हो। बजार पुनः खुलेको ३ मिनेटमै दोस्रो पटक सर्किट लागेपछि नेप्से फेरि ४० मिनेटका लागि रोकिएको छ ।