५ मिनेटमै नेप्सेमा ७४ अंकको उछाल, कारोबार २० मिनेटका लागि स्थगित
२४ मंसिर २०८०, आईतवार ११:१६
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज विहानैदेखि नेप्सेमा उछाल आएको छ । लामो समयदेखि निराश लगानीकर्ताहरुले हालसम्मकै ऐतिहासिक रेडर्क कायम गर्ने नेप्सेको बृद्धि भएसँगै कारोबार स्थगित हुन पुगेको छ ।
पहिलो चार मिनेटमा ६० अंकको बृद्धि भएको नेप्सेमा १० मिनेटमा ७४ अंकले बृद्धि भएपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
लगानीकर्ताहरुले अत्याधिक चापका कारण अधिक कारोबार भएको हो । पाँच मिनेटमा १६ करोड ५२ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।
अबको दुई घण्टा भित्रमा ५ प्रतिशतले बृद्धि भएमा पुनः ४० मिनेट नेप्सेमा सर्किट लाग्ने छ । र, दिनभर जुनसुकै बेला ६ प्रतिशतले बृद्धि भएमा आजको लागि कारोबार स्थगित हुनेछ ।