मध्यरातमा त्रिभुवन विमानस्थलमा फेरि समातियो साढे छ केजी सुन

२४ मंसिर २०८०, आईतवार ११:०३

काठमाडौं । शनिबार मध्यराति काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पुनः साढे छ केजी सुनसहित एक व्यक्तिलाई फक्राउ गरिएको छ । फ्लाई दुबईको उडान नं एफजेड ५७३ को उडानबाट दुबईबाट काठमाडौंमा मध्यराति ११ः५१ बजे आइपुगेका इजिप्टियन नागरिकको साथबाट सो सुन बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

दुबईबाट काठमाडौं आउदै गरेका इजिप्टको पासपोर्ट बोकेको सारिफ मोहम्मद नासिम नामक गरेका पुरुष व्यक्तिको साथमा साढे छ केजी धुलो बनाएर लुकाएर ल्याइएको सुन बरामद गरिएको हो ।

यसअघिको १४ किलोकै शैलीमा उक्त सुन ज्याकेटमा लुकाएर ल्याइएको थियो । भन्सार कार्यालयले पूर्व सुचना पाएर प्रहरीसहित मिलेर खानतलासी गर्दा सो सुन भेटिएको त्रिवि भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेयले बताए । १४ किलो सुन पक्राउ परेको घट्ना सेलाउन नपाउँदै पुनः अर्को सुन काण्ड मच्चिए पछि विमानस्थलमा उच्च सर्तकता अपनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*