आइसीएफसी फाइनान्सको लाभांश घोषणा
२४ मंसिर २०८०, आईतवार १०:१८
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
फाइनान्सले चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो लाभांश घोषणा गरेको हो ।