लाभांश बिनानै आँखुखोला जलविद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

२४ मंसिर २०८०, आईतवार ०९:५८

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १६ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले बैभवी पार्टी प्यालेस, मैतीदेवीमा पुस २० गते शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेको सभामा आव २०७९।८० को नाफा नोक्सान सम्बन्धी छलफल, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ। त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १ गते बुकक्लोज गर्नेछ। यस अनुसार मंंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*