दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका
काठमाडौं । दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर २५ गते) बुक क्लोज गर्दैछन् ।
जस अनुसार आज (मंसिर २४ गते) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश लिन योग्य हुनेछन् ।
एनआइसी एसिया लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सो लाभांश पारित गर्न यस कम्पनीले पुस ६ गत गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजेदेखि साधारण सभा बोलाएको छ।
नेपाल हाइड्रो डेभलपर्सले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लभांश वितरण गर्दैछ । सो लाभांश पारित गर्न यस कम्पनीले पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको छ ।