हिमालयन लाइफको अभिकर्ता भेला कार्यक्रम सम्पन्न

२४ मंसिर २०८०, आईतवार ०७:३२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्रादेशिक कार्यालय पोखराको आयोजनामा अभिकर्ता भेला कार्यक्रम भएको छ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्यले गरेका थिए। उक्त कार्यक्रमको उद्घाटन प्रमुख आतिथ्यताको रुपमा उपस्थित प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले पानसमा बत्ती बालेर गरेका थिए।

मिसन एमडीआरटी को रुपले चिनिने उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कर्णले करिब तीन घन्टाको बन्द प्रशिक्षण गराएका थिए। सो अवसरमा कम्पनीको नेपालबाटै पहिलो महिला एमडीआरटी बन्ने सभागृहचोक शाखाकी कमला बस्नेत, त्यसैगरी लगातार पाँच पटकसम्म एमडीआरटी बन्ने सभागृह शाखाका बाबुराम लामिछाने, छैटौं पटक एमडिआरटी बन्ने पोखरा शाखाका भोजबहादुर कार्की तथा लामाचौर शाखाका बीमारत्न बिक्रम उदासको सो कार्यक्रमका बिचमा केक काटेर सम्मान पनि गरिएको थियो।

साथै कार्यक्रममा गण्डकी प्रदेशका न्युरोड, सभागृहचोक, तथा बिरौटा शाखाका करिब चार सय जनाभन्दा बढीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन प्रादेशिक उप प्रमुख गणेश धमलाले गरेका थिए। कार्यक्रममा ग्लोबल कन्फरेन्समा सहभागी भएका बिमारत्न रेशम गौतमले अनुभव शेयर गरेका थिए। यस कम्पनीले यहि मंसिर महिनामा पनि उत्कृष्ट ब्यबसाय गर्नेहरुका बिचमा रमाइलो मित्र मिलन तथा बनभोज एवं न्यानो ज्याकेटका स्किमहरुपनी अघि सारेको छ। यसले अभिकर्तालाई थप प्रेरणा मिल्ने विश्वास कम्पनीले लिएको छ।

कार्यक्रममा प्रदेश कार्यालयका बासु शर्मा सभागृह शाखाका श्याम प्रसाद तिमिल्सेना, प्रकाश रेग्मी, पोखरा शाखाका जसमान परियार, बिरौटा शाखाका उमाकान्त बराल, लामाचौर शाखाका भबदत पौडेल ,लेखनाथ का निर्मला भट्टराई, वालिङ शाखाका पृथ्वी नारायण शर्मा, स्याङ्जाका कृष्ण भट्टराई, दुलेगौंडाका ओमकार नागिला लगायतका शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीको पनि उपस्थिति रहेको थियो।

आक्रामक रुपमा बजार बिस्तार गर्दै गरेको यस कम्पनीले नवीकरण बीमा शुल्क भुक्तानी गर्न ब्यतित भएका बीमालेखहरुमा शत प्रतिशत सम्म ब्याज मिनाहा गरेको र सोको समय यहि मंसिर २५ गते कार्यालय समयसम्म रहेको प्रमुख कार्यकारी अधिकृत कर्णले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*