निप्स पोखरा च्याप्टरको पाँचौं अधिवेशन सम्पन्न, बद्रिनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी, पोखरा च्याप्टरको आज सम्पन्न भएको ११ औं बार्षिक साधरण सभा एवम् पाचौं अधिबेशनले वद्रीनाथ पौडेलको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
बीमा क्षेत्रमा कार्यरत कर्मचारीबीच एक आपसमा बिचार अनुभव आदन प्रदान गर्ने, स्वच्छ मनोरञ्जनात्मक कार्यक्रम गर्ने, सर्वसाधरण बीमा सम्बन्धि जनचेतना अभिबृद्धि, सामाजिक कार्य गर्ने उदेश्यका साथ स्थापित बीमाकर्मीको साझा सस्थाले पोखराको कार्की डाडामा, बार्षिक साधरण सभा, अधिबेशन एवम् बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव दाहालले पोखरा च्याप्टरले बीमाकर्मीबीच उल्लेखनिय भुमिका खेल्दै आएको र सस्थासँग बीमा प्राधिकरणले समन्वयकारी भुमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत बीमा क्षेत्रको बिकास, प्रर्वद्धन, कर्मचारिको क्षमता बृद्धि बिकासमा सहकार्य गरि अगाडि बढ्ने बताए । निप्सले बीमाकर्मीहरुको क्षमता अमिबृद्धि तथा गुणात्मक ब्यवसाय, सिपयुक्त कर्मचारी निर्माणमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा निप्स पोखरा च्याप्टरका कार्यबाहक अध्यक्ष हरी प्रसाद श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा निप्स पोखराको पुर्व अध्यक्षहरु सुनयना पालिखे, केशवराज ढकालले शुभकामना साथै निप्सले खेलेको भूमिकाबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा नेपाल सर्भेयर एसोशियसनका केन्द्रिय उपाध्यक्ष ई. देउकाजी गुरुङ्ग, निप्स गण्डकी प्रदेशका संयोजक सुरेन्द्र बहादुर गोदार, नेपाल माइक्रो इन्स्योरेन्सका मार्केटिङ्ग हेड अमृत अधिकारी लगाएतका वक्ताहरूले निप्स पोखरा च्याप्टरले खेलेको भूमिकाको प्रशंसा गर्दै आआफ्नो धारणाा राखेका थिए ।
आज सम्पन्न भएको पाँचौं अधिवेशनले निप्स पोखरा च्याटरको आगामी कार्याकालको लागि एशियन लाईफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख बद्रीनाथ पौडेलको अध्यक्ष्यतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । ११ सदस्यीय कार्य समितिको उपाध्यक्षमा सुर्य बहादुर केसी, सचिवमा छविलाल पौडेल कोषाध्यक्षमा शिव सुवेदी चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा मनोज भारती, उमाकान्त बराल, टंकप्रसाद दाहाल, गणेश धमाला, सुरेश रेग्मी, रामजी प्रसाद बराल, बिश्वराज पौडेल सर्वसम्मत चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष बद्रीनाथ पौडेलले निप्स पोखरा च्याप्टरले कर्मचारीहरुको क्षमता अभिबृद्धि तथा अन्य विभिन्न कार्यक्रम गरी अगाडि बढ्ने प्रतिज्ञा समेत ब्यक्त गरेका छन् ।
आजै सम्पन्न बार्षिक साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत पारित गरेको छ । निवाचन समितिका संयोजक निर्वाचन आयुक्त कविराज पौडेलले निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका छन् । कार्यकममा पोखरा क्षेत्रमा रहेका जीवन तथा निर्जिवन कम्पनीमा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।