मौद्रिक नीति सार्वजनिक, घरजग्गा र शेयर कर्जाको जोखिमभार घटाइयो (पूर्णपाठसहित)

२२ मंसिर २०८०, शुक्रबार ११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक अवधीको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । आज विहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकबाट पारित गरेपछि सार्वजनिक गरिएको हो ।

मौद्रिक निितमा विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएकोछ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

मौद्रिक नीतिको समीक्षामा खासै कुनै कुरा धेरै चलाइएको छैन । बजार चलायमान बनाउने भन्दै विभिन्न कुराहरु गरिएको भएपनि सामान्य सुधार बाहेक कुनै संशोधन गरिएको छैन ।

मौद्रिक नीतिले शेयर बजार घरजग्गाको जोखिम भारलाई १५० बाट १२५ मा झारिएको छ । यसले घरजग्गा र शेयर बजारमा केही कर्जा बढ्ने विश्वास गरिएको छ । यद्यपि खास ठूलो असर वा उछाल भने आउने छैन ।

मौद्रिक नीतिको नियामकीय सुधारका बुँदाहरु ।

पूर्णपाठ

nrb monitory reviewsss

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*