लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा

२२ मंसिर २०८०, शुक्रबार ०७:५३

काठमाडौं । लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकले पुस १३ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि ३० औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

उक्त सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । अर्थात् मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले प्रदान गर्ने लाभांश पाउन योग्य हुनेछन् ।

One thought on “लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा

  1. Engineer Baiju Nath Rauniyar says:

    बडो खुशी को खबर हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*