नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु गर्न ढिलाई, प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. महतमाथि आशंका

२२ मंसिर २०८०, शुक्रबार ०८:३०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार अन्त्य र सुशासनको पक्षमा दृढतापूर्वक अभिव्यक्तिहरु दिइरहेका छन् । दुई दिन पहिले त झन् जनतालाई व्यापक सर्भिस दिने सूत्रको खोजीमा छु भनेर समेत अभिव्यक्ति दिए । तर, ४५ लाख शेयर लगानीकर्ताको चासो जोडिएको अत्यन्तै संवेदनशिल नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया सुरु गर्न भने ढिलाई गरिरहेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको पदावधी आगामी पुस २० गतेबाट सकिदैछ ।

एकातिर जनताको पक्षमा काम गर्न पाइन भनेर सार्वजनिक मञ्चमा गुनासो गर्ने र अर्कोतिर जनताको सेवा प्रवाह हुने क्षेत्रमा सार्वजनिक कम्पनी र निकायका थुप्रै स्थानमा नियुक्ती गर्ने प्रक्रिया सुरु नगर्नुले प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति आफैमा विरोधाभाषपूर्ण देखिएको छ ।

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु नगर्दा शेयर लगानीकर्ताहरुलाई धुरु धुरु रुवाउने र सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङको आईपिओमा गैर कानुनी रुपमा अनुमति दिने, सोनापुर सिमेन्ट घोराही सिमेन्ट जस्तै काण्ड मच्चाउने रमेश हमालकै पदावधी अर्को कार्यकालको लागि थप हुने हो कि भन्ने आशंका बढ्न पुगेको छ । जसका कारण लगानीकर्ताहरुमा थप निराशा बढिरहेको छ । अर्थमन्त्रीदेखि अर्थमन्त्रालयका हरेक कर्मचारीहरु सबैलाई थाहा छ, एक महिनापछि पदावधी सकिँदै गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल भ्रष्टाचारी हुन् । तर, अहिले फेरि अर्थमन्त्रालयमा हल्ला चलिरहेको छ, ‘उनै हमाल धितोपत्र बोर्डमा दोहोरिँदैछन् ।’ यति हुँदा पनि अर्थमन्त्री आफैले गठन गर्नुपर्ने बोर्डका अध्यक्ष नियुक्ती कार्यदल अहिलेसम्म गठन गरेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले तत्कालै चलखेललाई हस्तक्षेप गर्दै नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु गर्नु अर्थमन्त्रीसँग परामर्श गरेर प्रक्रिया सुरु गर्नुपर्नेमा त्यसो गर्न सकेका छैनन् । लगानीकर्ताहरुमाँझ आशंका बढिरहेको छ, ‘कतै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत पनि हमालको प्रभावमा पर्ने हो कि ?’ त्यसैले पनि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. महतले जतिसक्दो चाँडो नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती गर्ने प्रक्रिया अघि बढाउन ढिलाई गर्न नहुने अवस्था छ ।

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तीका लागि अर्थमन्त्रीले राष्ट्रिय योजना आयोगको अध्यक्षतामा विशेषज्ञसहित तीन सदस्यीय कार्यदल गठन गर्नुपर्दछ । अर्थमन्त्रीले गठन गरेको कार्यदलले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ बमोजिम तत्कालै कार्यविधि बनाई सार्वजनिक रुपमा खुल्ला प्रतियोगिताको लागि आवेदन आह्वान गरेर आवेदक मध्ये उत्कृष्ट तीन जनालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष नियुक्तीका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

यसको लागि कम्तीमा डेढ महिनाको समय लाग्ने छ । तर, नेपाल धितोपत्र बोर्डका वर्तमान अध्यक्ष महिनादिन भन्दा कम समयभित्रैमा पदावधी सकिने हुँदा धितोपत्र बोर्डको अध्यक्ष पदमा नयाँ नियुक्ती प्रक्रिया सुरु गर्न ढिलाई भइसकेको धितोपत्र बोर्डकै उच्च अधिकारीहरु बताउँछन् ।

जनयुद्धकालिन माओवादीबाट सत्तामा पुगेपछि नेतृत्वभित्र समयमा प्रक्रिया पुरा गरेर सही व्यक्तिलाई नियुक्ती गर्न नसक्ने समस्या छ । अहिले नेपाल धितोपत्र बोर्डसहित धेरै सरकारी निकायहरु रिक्त छन् । देशमा आर्थिक सुशासन कायम गर्ने महालेखा परिक्षककै पद पनि रिक्त छ । तर, प्रधानमन्त्री प्रचण्डले रिक्त पदहरुमा नयाँ व्यक्ति नियुक्तीको लागि मार्ग प्रसस्त गर्न आफैबाट रोकिएको छ भन्ने कुरा तर्फ पनि प्रधानमन्त्री प्रचण्डले ध्यान दिने हो कि ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*