घलेम्दी हाइड्रोपावरको हकप्रदमा अहिलेसम्म १४ हजारले दिए आवेदन

२१ मंसिर २०८०, बिहीबार १७:३९

काठमाडौं । घलेम्दी हाइड्रोपावरले निष्काशन गरेको २०० प्रतिशत हकप्रद सेयरमा १४ हजार १७ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर २१ गते साँझ ५ः०७ बजेसम्म १६ लाख १० हजार १०६ कित्ताका लागि आवेदन परेको हो । जस मार्फत १६ करोड १० लाख १० हजार ६०० रुपैयाँ संकलन भएको छ ।

कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ । हकप्रदका लागि कात्तिक ३ गते बुक क्लोज गरेको हुँदा कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । जसमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*