यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२१ मंसिर २०८०, बिहीबार १५:२३

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ७ दशमलव ८१ प्रतिशतले घटेर ७९१ रुपैयाँमा कारोबार भएको छ ।

आज शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार शेयर बजार ११.७३ अंकले बढेर १८५२.७७ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि आज कारोबार भएका २९९ कम्पनीहरुमध्ये ५७ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको ५ दशमलव ४१ प्रतिशत, विजया लघुवित्तको ५ दशमलव १९ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको २ दशमलव ९२ प्रतिशत र सिटिजन लाइफको २ दशमलव ९० प्रतिशत सहित अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*