त्रिशुली जलविद्युतसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२१ मंसिर २०८०, बिहीबार १५:१४

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार ११.७३ अंकले बढेर १८५२.७७ को विन्दुमा कायम भएको छ ।

बिहीबार शेयर बजार बढेसँगै झण्डै ५ वर्षपछि कारोबारमा आएको त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारको पहिलो दिनमै २९४ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज समाज लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विहीबार विभिन्न कम्पनीसहित १७५ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

साथै, नबिल ब्यालेन्स्ड फण्ड २ को ९ दशमलव ४८ प्रतिशत, आशा लघुवित्तको ७ दशमलव ०५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*