कति रुपैयाँमा भयो त्रिशुली जलविद्युत कम्पनीको पहिलो कारोबार ?
२१ मंसिर २०८०, बिहीबार ११:००
काठमाडौं । नेपाल स्टक एक्सच्नेज नेप्सेमा त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ । आजको नेप्सेको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको म्याचिंग कारोबार भई मूल्य तय भएको हो ।
कम्पनीको पहिलो कारोबार २६८ रुपैयाँमा भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८९.३८ रुपैयाँ देखि २६८.१४ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा उच्च बिन्दुबाट नै कारोबार सुरु भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको टीभिसीएल सिम्बलबाट कारोबार भएको हो ।