स्वावलम्बन लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका

२१ मंसिर २०८०, बिहीबार ०८:३८

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भालि (मंसिर २२) गते बुक क्लोज गर्दैछ ।

अर्थात् आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले २२ आंै साधारणसभा पुस ४ गते विहान ११ बजे बोलाएको छ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण पारित गर्नेछ । सोमध्ये १२.३५९९ प्रतिशत बोनस शेयर र ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । १२.३५ प्रतिशत बोनस शेयर वितरण गरे पश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड कायम हुनेछ ।

त्यस्तै, सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने एजेण्डासमेत रहेको छ । कम्पनीले एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*