भूकम्पमा मृत्यु भएकी उपमेयर सिंहका आफन्तलाई सिटिजन लाइफद्वारा दावी भुक्तानी

२० मंसिर २०८०, बुधबार १७:०६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जाजरकोट भूकम्प’मा परी मृत्यु भएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको परिवारलाई बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको जाजरकोट शाखाले वुधबार बीमा दावी रकम भुक्तानी गरेको हो ।

गएको कार्तिक १७ गते जाजरकोटको रामिडाडा आसपास केन्द्र बिन्दु बनाई गएको भूकम्पमा मृत्यु भएकी उपमेयर सिंहको परिवारलाई सिटिजन लाइफ जाजरकोट शाखाले ५ लाख ४० हजार रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको हो ।

कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी, जाजरकोट शाखा प्रमुख गोबिन्द बहादुर बुढा र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले एक कार्यक्रमबीच बीमितकी दिदी तारा कुमारी शाहीलाई ५ लाख ४० हजार बराबरको चेक हस्तान्तरण गरे ।

यस्तै, नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारीले बीमाको पहुँच दूरदराजका बस्तीसम्म लैजान आवश्यक रहेको र यसका लागि आफुले समेत विभिन्न कार्यक्रम अघि बढाएको बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण वाहादुर जीसी, नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावत, नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी, नल्गाड नगरपालिका ४ का वडाअध्यक्ष बद्री पन्त लगायत सहभागि भए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*