यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए

२० मंसिर २०८०, बुधबार १५:१६

काठमाडौं । शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ ।

साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज मात्र बढेको छ । शेयर बजार बढेतापनि सिंगटी हाइड्रोपावरको शेयरमूल्य ९.१३ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, सनराइज ब्लुचिप फण्डको ५.७३ प्रतिशत, हिमालयन बैंक डिभेन्चरको ५.६६ प्रतिशत, सवैको लघुवित्तको ४.९८ प्रतिशत सहित १०६ कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*