कात्तिकमा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २ अर्ब २८ करोड रुपैयाँ, कुनले कति व्यवसाय भित्रयाए?
२० मंसिर २०८०, बुधबार १३:१६
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै २ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ लाख १० हजार ८८ वटा बीमा पोलिसी जारी गरेर २ अर्ब २९ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।