अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जबारे छानविन गर्न उठ्यो माग
२० मंसिर २०८०, बुधबार १३:१०
काठमाडौं । संसदको अर्थ समितिमा एनसेल खरिदविक्रिसँगै नयाँ स्टक एक्सचेन्जबारे समेत छानविन गर्नुपर्ने माग उठेको छ ।
अर्थसमिति सदस्य तथा सांसद छिरिङ डम्डुल लामा (भोटे)ले नयाँ स्टक एक्सचेन्जबारे परेका १७–१८ वटा उजुरीबारे छलफलै नगरी गुपचुपमा कामअघि बढ्न दिइएकाले छानविन गर्नुपर्ने माग गरेका हुन् ।
समितिको बैठकमा सांसद लामाले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन थुप्रै चलखेल भएकोबारे बाहिर कुरा आइसकेकाले समितिको काम कारबाहीमाथि समेत प्रश्न उठेको समेत बताए ।
यसमा १० अर्बको कुरा समेत आएको विवरण सांसद लामाले अर्थसमितिको बैठकमा राखेका थिए ।