इजरायली आक्रमणबाट गाजामा ६० प्रतिशत घर पूर्णरुपमा ध्वस्त
काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा ६० प्रतिशत भौतिक संरचना क्षतविक्षत भएका छन्। अक्टोबर ७ (असोज २०)यता इजरायली सैनिकको हवाइ आक्रमणबाट ६० प्रतिशत घरहरू क्षतविक्षत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इजरायलको आक्रमणमा परेका ३ लाख ५ हजार घरमध्ये ५२ हजार घर पूर्णरुपमा ध्वस्त र २ लाख ५३ हजार घरहरूमा आंशित क्षति पुगेको सीएनएनले उल्लेख गरेको छ। इजरायलले एक साताको युद्धविरामपछि गाजामा हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण जारी राखेको छ।
अक्टोबर ७ यता इजरायली सैनिकको आक्रमणबाट गाजामा अहिलेसम्म १६ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भइसकेको छ। अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गर्दा १२ हजार जनाको मृत्यु भएको थियो। त्यहाँबाट २३९ जनालाई बन्दी बनाएर हमासले गाजा पुर्याएको थियो।
सात दिनको युद्धविराममा १०४ जना बन्दीमात्रै मुक्त गरेको छ। नेपालका विपिन जोशीसहित १३६ जना अझै हमासको कब्जामा छन् ।