राष्ट्रिय जीवन बीमा कम्पनीले पायो रुपान्तरित कम्पनीको आधिकारिक प्रमाणपत्र

२० मंसिर २०८०, बुधबार १०:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई रुपान्तरित आधिकारिक प्रमाणपत्र प्रदान गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै राष्ट्रिय बीमा संस्थानबाट राष्ट्रिय जीवन बीमा कम्पनीमा परिणत भएको आधिकारिक प्रमाणपत्र जारी गरिएको जानकारी दिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १६ गते र प्राधिकरणको मंसिर १३ गतेको निर्णय बमोजिम साविकको राष्ट्रिय बीमा संस्थानलाई बीमा ऐन २०७९ को दफा १७२ को उपदफा (३) को खण्ड (क), (ख), (ग) र (घ) को व्यवस्था बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा परिणत गरी दर्ता अभिलेख भएको हो ।

प्राधिकरणले बीमा ऐन, २०७९ का दफा ६१ को उपदफा (१) को खण्ड (क) बमोजिमको जीवन बीमा व्यवसाय गर्नेगरी जीवन बीमकको प्रमाणपत्र जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*