लाभांश प्रस्तावसहित नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

२० मंसिर २०८०, बुधबार ०९:२७

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी (१ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९ रुपैयाँ) को १० प्रतिशत बराबरको बोनस शेयर जारी गर्ने र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

सभामा लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन र प्रस्ताव पारित तथा संस्थातग सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गरिनेछ ।

त्यस्तै, उक्त सभामा बार्षिक प्रतिवेदनको छलफल तथा संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेजस्ता एजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने भएको छ । अर्थात् मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*