गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या, गंगालाल अस्पतालमा उपचार हुँदै

२० मंसिर २०८०, बुधबार ०९:२४

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएको छ । हिजो नियमित चेकजाँचको लागि अस्पताल पुगेका श्रेष्ठको मुटुमा समस्या देखिएपछि एन्जिओप्लाष्टी सर्जरी गरिएको छ । हाल उनको अवस्था सामान्यछ ।

गंगालाल अस्पतालमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले गहृमन्त्री श्रेष्ठको सर्जरीमार्फत मुटुको धमनीमा उत्पन्न अवरोध हटाइएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल गृहमन्त्री श्रेष्ठको आईसियुमा उपचार भइरहेको छ ।

गत असोजको अन्तिम साता चीन भ्रमणमा रहेको बेला उनको मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भई हृदयघात भएको थियो । बेईजिङ्मै आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएकाले उपचार गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*