नेपालमा दर्ता हुन टिकटकले पठायो पत्र, अब के होला ?
१९ मंसिर २०८०, मंगलवार १७:५०
काठमाडौं । नेपाल सरकारलाई टिकटकले दर्ता हुनको लागि पत्र पठाएको छ। सरकारले टिकटक प्रतिबन्ध गरेपछि औपचारिक दर्ता गर्न टिकटकले इमेल गरेको हो ।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरिसकेको छ । जसकारण नेपालमा दर्ता प्रक्रियामा जान टिकटकले सरकारलाई इमेल गरेको हो ।
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सोमबार बसेको मन्त्री परिषद्को बैठकमा पनि टिकटक सधैको लागि बन्द नभएको जिकीर गरेका थिए ।
सरकारले २७ कात्तिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार टिकटक दर्ता हुने कुरा हाल संभव नभएको देखिएको छ ।