मेटलाइफको ‘वान बाई मेटलाइफ’ एप स्वास्थ्यको लागि अति उपयोगी “एपबाटै सम्पूर्ण बीमा र स्वास्थ्य सुविधा”

१९ मंसिर २०८०, मंगलवार १६:३५

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीले बीमाको साथसाथै आफना बीमितहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्दै वान बाई मेटलाइफ एप बजारमा ल्याएको छ । सूचना प्रविधिको अधिकत्तम प्रयोगबाट बीमितलाई चौबीसै घण्टा सहज सेवा प्रदान गर्ने उद्देश्यले वान बाई मेटलाइफ मोबाइल एप प्रचलनमा ल्यायिएको हो र यस सुविधाप्रति बीमितहरुको आकर्षण थप बढ्न गएको देखिन्छ ।

नेपाली बीमा बजारमा लामो समयदेखि उच्चस्तरीय सेवा दिँदै आएको कम्पनीले आफना बीमितहरुको लागि थप सेवा दिनको लागि लामो समयदेखि अनुसन्धान गरेर ल्याएको मोबाइल एप वान वाई मेटलाइफमा पछिल्लो समय आम सर्वसाधारणको चासो बढ्दै गईरहेको छ ।

कम्पनीको यस एपमा आम सर्वसाधारणको आकर्षण दिनप्रतिदिन बढ्दै गईरहेको छ र हालसम्म १ लाख भन्दा बढीले यो एप डाउनलोड गरिसकेका छन् ।

वान बाई मेटलाइफको एपमा रहेको ३६० हेल्थ सुविधाले स्वास्थ्य सम्बन्धि अनेक सेवा प्रदान गर्दछ । जसमार्फत बीमितहरुले बीमा सुविधाको साथ साथै धेरै सुविधाहरु एक साथ पाँउनेछन् । यस एपले प्रयोगकर्ताहरुको स्वास्थलाई बिशेष ख्याल गर्दै बीमा सचेतनामा पनि थप मद्धत पुर्याउने छ ।

यसबाट उनीहरुले अपोइन्टमेन्ट बुकिङ्ग, घरमै परिक्षण, एम्बुलेन्स सेवा, स्वास्थ्य जोखिम मूल्यांकन, भर्चुअल चिक्त्सिक परामर्श तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट दोस्रो राय लिने जस्ता सेवाहरुको उपभोग समेत गर्न सक्छन् । यसमा गैर ग्राहकहरुका लागि पनि विभिन्न सेवाहरु उपलब्ध रहेका छन् ।

मेटलाइफका ग्राहकहरुले एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका वारेमा सूचनाहरु प्राप्त गर्न, मेटलाइफका विभिन्न बीमा सुविधा तथा सेवाहरुका बारेमा जानकारी लिन वान बाई मेटलाइफमा जोइन गनुपर्ने हुन्छ ।

वान बाई मेटलाइफ बाट बीमा योजनाबारे जानकारी लिनसक्ने सुविधाः

मेटलाइफका ग्राहकहरुले यस एप मार्फत आफ्नो बीमा योजना तथा बीमाशुल्कको बारेमा जानकारी लिन र सूचनाहरू समावेश गर्न सक्नेछन् । साथै इच्छुक व्यक्तिहरुले मेटलाइफका बीमा समाधानहरू बारे जानकारी प्राप्त गर्न र प्रिमियम गणना पनि गर्न सक्छन् ।

३६० हेल्थ सेवा अन्तर्गत मेटलाइफले रोग रोकथाम, प्रारम्भिक निदान, उपचार, र निरन्तर हेरचाह, वित्तीय सुरक्षा र स्वस्थ जीवनशैलीलाई व्यवहारमा परिवर्तन गर्ने लक्ष्य राखेको छ । मेटलाइफले एउटै बीमालेख अन्तर्गत विभिन्न परिक्षणहरू, चिकित्सकीय परामर्श, औषधी उपचार, लगायतको सेवा उपलब्ध गराएको छ । यसबाहेक अन्य जीवन बीमालेख खरिद गर्नका लागी बीमितले र इच्छुक व्यक्तिहरुले प्रस्ताव फारम भर्न सक्ने सुविधा पनि मेटलाइफको एप मार्फत नै सम्भव छ।

स्वास्थ्य जोखिम मूल्यांकन

यस सुविधा अन्तर्गत मेटलाइफका ग्राहकहरुले हृदयको गति, रक्तचाप, अक्सिजन संतृप्ति, र तनाव स्तर जस्ता स्वास्थ्य विवरणहरुको निगरानी विनाहको कृत्रिम बौद्घिकताद्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्यांकन सुविधा मार्फत प्राप्त गर्न सक्छन् । सबैभन्दा बिशेष त सोल्फिमार्फत स्वास्थ्य अवस्थाको बारेमा सम्पूर्ण जानकारी लिने सुविधा यो एपमा रहेको छ । यो सुविधाले प्रयोगकर्ताहरूलाई नियमित रूपमा आफ्नो स्वास्थ्य निगरानी गर्न र कुनै असामान्य मेट्रिक्स देखिएमा आवश्यक कदमहरू लिन मद्दत गर्नेछ ।

डाक्टरको परामर्शः
एप प्रयोगकर्ताहरुले सूचीकृत स्वास्थ्य संस्थाको चिकित्सक, चिकित्सकीय परामर्शका लागी समय लिने सुविधा समेत यस एप मार्फत् मेटलाइफले उपलब्ध गराएको छ । बढीमा दुई कार्य दिनभित्र चिकित्सकसँग भेटघाटको समय सुनिश्चित गरिने मेटलाइफले जानकारी दिएको छ ।

घरमै ल्याब टेष्टको सुविधाः
एप प्रयोगकर्ताहरुले मोबाइल एप मार्फत रगत परिक्षण, दिशापिसाब परिक्षण, ज्वरो, कलेजो परिक्षण लगायतका ५० प्रकारका परिक्षण सेवा घरमै बसी बसी लिन सक्ने सुविधा दिएको छ । यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरुले आफूले चाहेको परिक्षणका लागी एट होम मेडिकल टेष्ट सुविधा अन्तर्गत घरमै बसेर जाँच गराउन सक्ने सुविधा रहेको मेटलाइफले जानकारी दिएको छ । यो सुविधाका लागी मेटलाइफले मान्यता प्राप्त प्रयोगशाला र चिकित्सकसँग व्यवसायीक सम्झौता गरेको छ ।

होम मेडिसिन डेलिभरी

यो सुविधाले प्रयोगकर्ताहरूलाई उनीहरूको घरबाट अनलाइन औषधि खरिद गर्न अनुमति दिन्छ । प्रयोगकर्ताहरूले यस एपबाट औषधि खरिदमा १२% छुट प्राप्त गर्न सक्नेछन् । तर, चिकित्सकले तोकेका औषधिका लागि ग्राहकले घरमै औषधि लिँदा आफ्नो प्रिस्क्रिप्शन देखाउनुपर्ने हुन्छ ।

एम्बुलेन्स बोलाउन सकिने सुविधाः

एपका प्रयोगकर्ताहरूले आवश्यक परेका बेला यस एप मार्फत् नै नजिकको स्थान भित्रको सम्बन्धित अस्तपालसँग सम्पर्क गरेर एम्बुलेन्स बोलाउन सक्ने सुविधा समेत एपमा उपलब्ध छ । यो सुविधा तपाईं इन्टरनेटमा जडान नभएको खण्डमा पनि उपलब्ध गराइएको छ ।

लाइफ कार्ड सुविधाः

मेटलाइफको यस एपभित्र रहेको माइ लाइफ कार्ड प्रिभिलेजका माध्यमबाट बीमितले १०० भन्दा बढी स्वास्थ्य संस्था, प्रयोगशाला र चिकित्सकको क्लिनिकमा उपचारका क्रममा सेवा शुल्कमा विशेष छुट प्राप्त गर्न सक्छन् ।

३६० हेल्थ सेवा अन्तर्गत स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा, २० लाख वा सोभन्दा माथिको बचत तथा जीवन बीमा भएका डायमण्ड श्रेणीका ग्राहकहरूको लागि मात्र उपलब्ध छ । जनरल डाक्टर टेलि परामर्श र डिजिटल लाइफ कार्ड सेवाहरू डायमण्ड, स्ट्याण्डर्ड र प्रिमियम श्रेणीका ग्राहकहरूका लागि मात्र उपलब्ध छन् । प्रिमियम श्रेणीका लागि, १० लाख वा सोभन्दा माथिको बचत तथा जीवन बीमा र बीमाशुल्क रु ५,००० सम्म को दुर्घटना वा स्वास्थ्य बीमा हुनुपर्छ । स्ट्याण्डर्ड श्रेणीका लागि, ७ लाख वा सो भन्दा माथिको बचत तथा जीवन बीमा र बीमाशुल्क रु ३,००० सम्मको दुर्घटना तथा स्वास्थ्य बीमा हुनुपर्छ ।

तर एम्बुलेन्स सेवा, घरमै औषधि डेलिभरी, अपोइन्टमेन्ट बुकिङ र घरमै स्वास्थ्य परीक्षण जस्ता आधारभूत सेवाहरू पहुँच गर्न प्रयोगकर्ताहरूलाई बीमा योजना आवश्यक पर्दैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*