खल्तीबाट ५० रुपैयाँको टपअप मै थाइल्याण्ड घुम्ने मौका
काठमाडौं ‘खल्ती’ ले टपअपमा आइफोन र डायमन्ड रिङ्गको अफर पश्चात बोन होलिडेज्को सहकार्यमा आफ्ना ग्राहकहरूका लागि टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले मंसिर १५ देखि पौष २९ सम्म रु ५० को टपअप गरि थाइल्याण्ड भ्रमणको लकि ड्र मा सहभागी हुने मौका पाउनेछन् साथै हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन् ।
यो अफरमा सहभागी हुन ग्राहकले खल्तीको फिचर्ड सर्भिसेस सेक्सनमा रहेको ‘टपअपमा मा थाइल्याण्ड ट्रीप’ आईकनबाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्नेछ । रिचार्ज गरे पश्चात केवाईसी भेरिफाइड ग्राहकहरू थाइल्याण्ड ट्रिप जित्न योग्य हुनेछन् भने २५ रुपैयाँ खल्ती पोइन्ट्स पनि तुरुन्तै आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन्।
केवाइसी अनभेरिफाइड ग्राहकलै पनि तुरुन्तै आफ्नो केवाइसी भेरिफाइड गराई अफरमा सहभागिता जनाउन सक्ने संस्थाले जनाएको छ । यसरी सहभागिता जनाउने खल्ती प्रयोगकर्ता मध्ये नै एक भाग्यशाली जोडी विजेताको घोषणा अफर सकिएको हप्ता दिन भित्रमा खल्तीको फेसबुक लाइभ मार्फत हुनेछ । ‘टपअप मा थाइल्याण्ड ट्रिप’ अफर भने मंसिर १५ देखि पौष २९ सम्म सञ्चालन हुनेछ ।
उक्त अफरबार खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘डिजिटल भुक्तानी प्रति उत्प्रेरित गर्न हामीले प्रदान गर्दै आएका अफर मद्धे एकदमै रुचाइएको अफर टककपअपको पनि हो । गएको मंसिर हामीले टपअपमा डायमन्ड रिङ्ग अफर पनि सञ्चालन गरेका थियौं र यस ४५ दिन सञ्चालित अफर अन्तर्गत ५५ हजार + प्रयोगकर्ता अफरमा सहभागी भएका थिए । यसरी नै टपअपमा थाइल्याण्ड ट्रिप अफर मार्फत हामी थप प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रति आकर्षित गर्दै लाभान्वित गर्ने कुरामा विश्वस्त छौं।’