एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१९ मंसिर २०८०, मंगलवार १५:०५
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाको पखाईका कारण शेयर बजार बढ्न नसकेको जानकार बताउछन् ।
मंगलबार शेयर बजार ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि ६२ कम्पनीको शेयरमूल्य बढेको छ ।
शेयर बजार घटेतापनि आज सिंगती हाइड्रो इनर्जिको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिभिल बैंकको डिभेन्चर २०८८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड स्किम २, महुली लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।