तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा
१९ मंसिर २०८०, मंगलवार ११:४३
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरेको छ ।
कम्पनीले लाभांश घोषणा सम्बन्धि जानकारी मानविय त्रुटीको कारण नेप्से समक्ष उपपलब्ध गर्न नसकेको भनि स्पष्टिकरण दिएकोले सचेत गराउदै नेप्सेले शेयर कारोबार फुकुवा गरेको हो ।
नेप्सेले कम्पनीलाई लाभांश घोषणाको जानकारी २४ घण्टा भित्र जानकारी नदिएको भन्दै ३ दिने स्पष्टिकरण माग गरेको थियो ।
taragaun regency