नेको इन्स्योरेन्सले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको उक्त निर्णयले आम लगानीकर्ताहरु निराश बनेका छन् ।
कम्पनीको मङ्सिर १८ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९र८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।
बैठकले २०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने, आव २०७९र८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।
1701751423678