मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
१९ मंसिर २०८०, मंगलवार १०:१७
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको उक्त आईपीओ आज एनआइएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १ लाख १४ हजार ८ सय जना आवेदकले १० कित्ताका दरले सो कम्पनीको आईपीओ प्राप्त गरेका छन् ।
कम्पनीका अनुसार आईपीओको नतिजा केही समय प्रश्चात हेर्नसकिने भएको छ ।