दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट

१८ मंसिर २०८०, सोमबार १५:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सामान्य अंकले शेयर बजार घटेको छ । सोमबार शेयर बजार ३ दशमलव ४२ अंकले घटेर १८४७.८१ को विन्दुमा कायम भएको छ ।

सोमबार शेयर बजार घटेसँगै १०९ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । जसमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र माउण्टेन इनर्जि नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एसबिआई डिभेन्चर, इङ्वा हाइड्रोपावर, इमर्जिङ नेपालसहित अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

मौद्रिक नीतिको समीक्षाको पर्खाईमा दिनहु शेयर बजार घटीरहेको शेयरविज्ञहरु बताउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*