समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक बृद्धि, अन्य कुनको कति ?

१८ मंसिर २०८०, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सामान्य अंकले शेयर बजार घटेको छ । सोमबार शेयर बजार ३ दशमलव ४२ अंकले घटेर १८४७.८१ को विन्दुमा कायम भएको छ ।

सोमबार शेयर बजार घटेतापनि १२२ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा समाज लघुवित्तको शेयरमूल्य धेरै समयपछि ८.०६ प्रतिशतले बृद्धि भई १२२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, एनएमबि डिभेन्चर, तेह्रथुम पावर कम्पनी, मोलुङ हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको शेयरमूल्य बढेको छ ।

मौद्रिक नीतिको समीक्षाको पर्खाईमा दिनहु शेयर बजार घटीरहेको शेयरविज्ञहरु बताउछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*