एलआइसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित

१८ मंसिर २०८०, सोमबार १३:५३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष सिद्धार्थ मोहन्तीको अध्यक्षतामा आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो ।

सभाले अध्यक्षद्धारा प्रस्तुत गरिएको संचालक समितिको २०७८ र ७९ को वार्षिक प्रतिवेदन पारित  गरेको छ । साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, आथिृक वर्ष २०७८ र७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले लेखा परीक्षक समितिको सिफारिसमा आर्थिक वर्ष २०७९ र८० को लागि लेखापरिक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिन बुक क्लोज गरेको थियो ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*