इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा खोल्यो जागिर, यसरी दिनुहोस् आवेदन

१८ मंसिर २०८०, सोमबार ११:१८

काठमाडौं । इसेवाले सातै प्रदेश गरी कुल १३० जनालाई रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट कर्मचारी माग गरेको हो ।

संस्थाले बजार प्रतिनिधि र बजार व्यवस्थापकमा कर्मचारी माग गरेको हो । इसेवाका अनुसार कोशी प्रदेशमा १५ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३२ कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १४ जना गरी कुल १३० जना कर्मचारी माग गरेको छ ।

१२ पास भएका उम्मेदवारहरुलाई आवेदन दिन प्रोत्साहित गरिने संस्थाले जनाएको छ । इच्छुक उम्मेदवारले संस्थाको  https://blog.esewa.com.np/career-opportunities-with-esewa/ वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

 

One thought on “इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा खोल्यो जागिर, यसरी दिनुहोस् आवेदन

  1. रामसरा खत्री says:

    Right

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*