विवाहको सिजनमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

१८ मंसिर २०८०, सोमबार १०:५६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन अर्थात आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो  त्यस्तै, चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*