तारागाउँ रिजेन्सीको लाभांश घोषणा, सेयरधनीले बोनसभन्दा धेरै नगद पाउने
१८ मंसिर २०८०, सोमबार १०:३५
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। होटल्सले शेयरधनीलाई बोनसभन्दा धेरै नगद दिने भएको छ ।
होटलले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो। सो मध्ये ४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश रहेको छ ।
होटलको आगामी २७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ। आगामी वार्षिक साधारणसभाको मिति भने कम्पनीले तय गरिसकेको छैन ।